Birgunj News24

मकवानपुरमा एक घरमा पहिरोः ५ जना बेपत्ता, एकको मृत्यु 

हेटौंडा – मकवानपुरको बागमति गाउँपालिकामा एक घर पहिरोले पुरिँदा एकै परिवारका ५ जना बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ ।

काभ्रे जिल्लाको खानीखोला गाउँपालका–५ स्थायी घर भई मकवनपुरको बागमती गाउँपालिका–५ स्थित् सिक्रेदोभानस्थित् बस्दै आएका अकलबहादुर स्याङतानको घर पहिरोले पुरिँदा उनको श्रीमती शान्तिमाया स्याङतानको मृत्यु भएको हो।

खानीखोला गाउँपालकाका वडा अध्यक्ष बुद्धिबहादुर स्याङ्तानले गम्भीर अवस्थामा उद्धार गरिएको सञ्चमायालाई बागमती–५ स्थित् भोर्लेनीको एक मेडिकलमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए।

खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङका अनुसार खानिखोला–५ घर भई बागमती गाउँपालिका गएका एकै परिवारका ६ जना सिक्रे दोभानमा पहिरोले पुरिएका हुन् । पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, छोरी ज्वाई शिला स्याङतान र जीवन पहरी छन् । साथै उनीहरुका दुई सन्तान साढे दुई बर्षिय छोरा र साढे एक वर्षका छोरा पुरिएका छन् ।

घटना स्थलमा प्रहरीको टोली पुगेर सद्धार कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  ०९:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update