मकवानपुरमा एक किशोरी मृत भेटिइन्
हेटौंडा – मकवानपुरको भीमफेदी गाउँपालिका–८ माण्ड स्थित बागमती खोलामा एक किशोरी मृत भेटिएकी छन् । माण्ड स्थित माण्डु हाईड्रोपावरको पानी जम्मा गरी फोहोर छुट्ट्याउने स्थानमा आज आइतबार बिहान एक किशोरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की अनुसर मृत भेटिएकी किशोरीको नाम थर वतन नखुलेको छैन । मंगोलियन अनुहारकी मृत किशोरी अन्दाजी १७ बर्षको रहेको प्रहरीको अनुमान छ ।
उनका अनुसार प्रहरी चौकी सिस्नेरीबाट खटेको प्रहरी टोलीले घटनास्थल सुरक्षित गरेको राखेको छ । घटनाबाट मुचुल्का तथा अनुसन्धान कार्यको लागि ईलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षको कमाण्डमा प्रहरी टोली घटनास्थल तर्फ जाँदै गरेको कार्कीले बताए ।



