Birgunj News24

हेटौंडाबाट गाँजा सहित चार जना पक्राउ 

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट ९ किलो १५० ग्राम लागुऔषध गाँजा सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं. १ बस्ने ३१ बर्षीय धनराज गिरी, देश भारत सितामडीका १९ बर्षीय दिपक यादब, धनुषा महेन्द्रनगर नगरपालिका–११ बस्ने १९ बर्षीय रवि कुमार महरा, र मकवानपुर राक्सिराङ गाउँपालिका–३ बस्ने ४५ बर्षीय बुदेलाल डिम्डुङ रहेका छन् । 

उनीहरुलाई प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरीको टोलीले बुधबार विहान पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट आउँदै गरेको ना८ख७३४६ नम्बरको यात्रुबाहक बसमा सवार चार जनाले बोकेको झोला चेकजाँच गर्दा उक्त लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

उक्त लागुऔषध सहित चार जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update