Birgunj News24

मकवानपुरमा चोरीको मोटरसाइकल सहित तीन जना पक्राउ

हेटौंडा – मकवानपुरको बकैया गाउँपालका वडा नं।५ मसानेबाट चोरी मोटसाइकल सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका–४ पाङदुरे बस्ने १८ बर्षीय निरोज गोले, २० बर्षीय बिशाल वाईबा र सोही वडाको माझि खोला बस्ने १८ बर्षीय मनोज तामाङ रहेका छन् ।

शुक्रबार बकैया गाउँपालिका–५ मसानेस्थित भित्री सडकमा हेटौंडाबाट मसानेतर्फ जाँदै गरेको प्रदेश २–०३–००९ प ३३९३ नम्बरको चोरीको मोटरसाइकलसहित तीन जनालाई अस्थायी प्रहरी पोष्ट गरगरेकको टोली पक्राउ गरेको हो । मोटरसाइकलसहित तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update