Birgunj News24

सुन चोरी र खरिद गरेको आरोपमा एक व्यवसायी सहित दुई जना पक्राउ

हेटौंडा – मकवानपुरको हेटौंडामा सुन चोरी गरेर बिक्री गर्ने र चोरीको सुन किनेको आरोपमा सुन पसल सञ्चालक सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.२ कान्तिराजपथस्थित रहेको पूर्ण शाक्य एण्ड सन्सका सञ्चालक प्रतीक शाक्य र सुनचाँदीका गहना बिक्री गर्ने हेटौंडा–६ चुच्चेखोलाका ३४ वर्षीय दिनेश नेपाली रहेका छन् ।

शाक्य गत साउन ११ गते पसलबाट पक्राउ परेका हुन् भने दिनेशलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । शाक्यले हेटौंडा–१७ चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट चोरी भएको सुनचाँदीको गहना खरिद गरेका थिए । कार्कीको घरबाट दिनेशले सुनचाँदीको गहना चोरी गरेर शाक्यलाई बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दिनेशले चोरीको सुनको तिलहरी, जुली दुई थान, चाँदीको बाला, औंठी, लकेट बिक्री गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।दिनेशले सुनको बिल सहित चोरी गरेको र बिल सहित शाक्यको पसलमा बिक्री गरेका थिए । प्रहरीले दुवैलाई चोरीको आरोपमा मुद्धा लगाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १०:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update