Birgunj News24
प्रहरी हिरासतबाटै कुलेलाम ठोक्ने शर्मा मकवानपुर प्रहरीको फन्दामा 

प्रहरी हिरासतबाटै कुलेलाम ठोक्ने शर्मा मकवानपुर प्रहरीको फन्दामा 

हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध मुद्दाका एक जना फरार पतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका वडा नं।११ बस्ने संतोष चापागाई शर्मा रहेका छन् ।

विंसं।२०६८ साल पुस १५ गते हेटौंडा उपमहानगरपाकिला वडा नं।१५ रातोमाटेस्थित वीरगञ्जबाट आउँदै गरेको यात्रुबहाक बसबाट संतोष चापागाई शर्मा र सुवाश ढकाललाई लागुऔषध डाईजेपाम १८० एम्पुल प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत मकवानपुरबाट २५ दिनको म्याद अनुमती लिएर अनुसन्धान गर्ने क्रममा संतोष जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षबाट २०६८ माघ ५ गते फरार भएका थिए ।

उनलाई यही साउन १८ गते ९आज०बिहिबार भरतपुर महानगरपालिका वडा नं। १० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

उनीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २१:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update