मकवानपुरमा मिटरब्याजीसम्बन्धी ६६ वटा उजुरी दर्ता
हेटौंडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हालसम्म अनुचित लेनदेन ९मिटरब्याजी०सम्बन्धी ६६ वटा निवेदन दर्ता भएको छ । सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गरी गत चैत १२ गतेबाट उजुरी आह्वान गरेको थियो ।
सरकारले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गर्नु पूर्व नै २८ वटा र आयोग गठनपछि ३८ वटा उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी(प्रजिअ) नेत्रप्रसाद शर्माले जानकारी दिए । दर्ता भएका उजुरीमा अधिकांश आर्थिक लेनदेनका र केही जग्गा दृष्टिबन्धकको कारोबार रहेको उनले बताए ।
पीडित, ऋण दिने साहु, स्थानीय सरकारका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सहयोगमा दर्ता भएका ६६ वटा उजुरीमध्ये ३२ वटाको मेलमिलाप गरिएको सहायक प्रजिअ शर्माले बताए । मिटरब्याजसम्बन्धी प्रक्रियाका क्रममा रहेका ६० प्रतिशत उजुरी अदालतमा विचाराधीन छन् भने ती मुद्दा अदालतबाटै निर्णय हुने उनले बताए ।



