हेटौंडाबाट लागुऔषध सहित दुई जना पक्राउ
मकवानपुर – पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकप्वाईन्टबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा महेन्द्रनगर नगरपालिका–१६ बस्ने १८ बर्षीय रबि कुमार महरा र पर्सा बिरगंज महानगरपालिका–९ रानीघाट बस्ने ३१ बर्षीय धनराज गिरी रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले बुधबार पक्राउ गरेको हो । चितवनबाट बिरगंजतर्फ जाँदै गरेको ना ८ ख ७३४६ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने बसमा सवार महरा र गिरीलाई लागुऔषध गाँजा ९ किलो १५० ग्राम सहित पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार महराको साथबाट ७ किलो र गिरीको साथबाट २ किलो १५० ग्राम बरामद गरिएको हो । उक्त लागुऔषध गाँजा सहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।



