Birgunj News24
सर्वोच्चमा मुद्धाको चाँङ, हेटौंडाको सडक तत्काल विस्तार नहुने

सर्वोच्चमा मुद्धाको चाँङ, हेटौंडाको सडक तत्काल विस्तार नहुने

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा बजार क्षेत्रमा २५–२५ गज सडक विस्तार गर्ने काम तत्काल नहुने भएको छ । सडक क्षेत्रका घरधनीहरुले सर्वोच्च अदालतमा मुद्दा गरेपछि तत्कालका लागि सडक विस्तार नहुने भएको हो । 

सर्वोच्चमा एकपछी अर्को मुद्धाका चाङ छन् । सर्वोच्चमा दायर गरेको मुद्धाका चाँङ लागेपछि सडक क्षेत्रका घर भत्काउन सडक डिभिजन पछि हट्नु परेको हो । सर्वोच्चमा परेको मुद्धा पेसि सरेकाले पनि घरहरु तत्काल भत्काउन नसकिने सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादबले बताए । ‘ठुला घरवालाहरुले सर्बोच्चमा घर भत्काउन नदिन मुद्धा हालेका छन् । साना घर, झुप्रा घर मात्र भत्काएर सडक विस्तार हुँदैन त्यसैले सर्बोचचको आदेशलाई कुरेको छु,’उनले भने ।

राजमार्गको राप्तीपुलदेखि रातोमाटेसम्मका घरधनीहरुले मुआब्जा र क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका थिए । उनीहरुले राजनीतिक दल, सडक डिभिजन, हेटौंडा उपमहानगर लगायत निकायमा ज्ञापनपत्र समेत बुझाएका थिए । त्यहाँबाट पनि माग सम्बोधन नभएपछि घरधनीहरु सर्वोच्च अदालतमा पुगेका थिए ।

सर्वोच्चले निवेदकको हकमा तत्काल घर नभत्काउन अन्तरिम आदेश जारी भएको थियो । सोही अन्तरिम आदेशसँगै मंगलबार सर्वोच्चले सडक डिभिजन कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय, हेटौंडा उपमहानगरपालिका र घरधनीलाई छलफलका लागि बोलाएको थियो । तर, सर्वोच्चले अर्को पेशी साउन २१ गतेका लागि तोकेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update