Birgunj News24
मकवानपुरमा शान्ति सुरक्षा कायम गछौंःएसपी रिजाल

मकवानपुरमा शान्ति सुरक्षा कायम गछौंःएसपी रिजाल

हेटौंडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले प्रबिधिको उच्चतम् प्रयोग गरेर शान्ति सुरक्षा कायम गर्ने बताए। मंगलबार सञ्चारकर्मीहरुसंगको भेटमा प्रहरी उपरीक्षक रिजालले यस्तो बताएका हुन् । 

उनले मकवानपुरमा लागूऔषध ओसारपसार गर्ने केन्द्र जस्तै भएकाले यसको नियन्त्रणमा लाग्ने बताए । मकवानपुरबाट बाहिरिने र भित्रिने लागुऔषध रोकथाममा प्राथामिकता दिएर लागि पर्ने बताए । जिल्लाको शान्ति सुरक्षा कायम राख्नेमा प्रतिबद्धता जनाउँदै प्रहरी उपरिक्षक रिजालले जिल्लामा हुुने सवारी दुर्घटना र गुण्डागर्दी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update