Birgunj News24

हेटौंडा रातोमाटेबाट एक महिला सहित तीन जना पक्राउ 

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं।१५ रातोमाटेबाट लागुऔषध र अबैध सामान सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौैडा उपमहानगरपालिका वडा नं।१ बस्ने ४९ बर्षीय शंकर अधिकारी, बारा निजगढ नगरपालिका–५ बस्ने ३२ बर्षीया कुमारी माया बल र कैलाश गाउँपालिका–४ बस्ने बर्ष २२ बर्षीय रबि लोप्चन रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत भारतबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५५३ नम्बरको हवाइ ईन्धन बोकेको तेल ट्याङ्करलाई चेकजाँच गर्ने क्रममा लुकाई छुपाई ल्याएको अवस्थामा लागुऔषध सहित १३ प्रकारको अबैध सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।

उनीहरुको साथबाट लागुऔषध ओनरेक्स १४ बोत्तल, कम्पनिको सर्टको कपडा २२ बन्डल, थानको कपडा ९ थान, कुर्तारटप्स – ४८ पिस, कुर्ता सुरुवाल सेट ३४ पिस, सेल्फ सुईच ८ थान, नट बोल्ट सानो १ प्याकेट, पिन १० थान, ट्रकको ब्याट्री २ थान, लुकार टिभिएस ४ स्थान, अटो पार्स ४ थान, एपेक्स् ४ थान र कोप्पर कोल्ट ७ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अबैध भन्सार छलेर ल्याएको उक्त सामानहरु करिब १ लाख ७१ हजार ९५० मुल्य बराबरको रहेको छ । ट्याङकर, सामान सहित ट्याङकरमा सवार तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update