Birgunj News24

हेटौंडाको सडकको विस्तारको माग गर्दै बाबुछोराको अनशन 

हेटौंडा – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका भित्र २५–२५ गज विस्तार गर्नु पर्ने माग सहित बाबुछोरा अनसन बसेका छन् । हेटौंडा उपमहानरपालिका वडा नम्बर ८ कमानेका ७३ वर्षीय मानबहादुर तामाङ र उनका छोरा ३४ वर्षीय राजिव तामाङ सडक डिभिजन कार्यलय हेटौंडाको गेटमा अनसन बसेका हुन् ।

सडक विस्तार कार्य रोक्न नहुने र सडक डिभिजन कार्यालयले यस पटक खुट्टा कमाउन नहुने भन्दै आफुहरु अनसन बसेको उनीहरु बताउँछन् । साउन १ गतेबाट गेटमा अनसन सुरु गरेका बाबुछोराले कुनैपनि बहानमा सडक विस्ताको काम रोक्न नहुँने बताए । उनीहरुले कम क्षति हुने गरी सडक विस्तार गर्न समेत सुझाब दिएका छन् ।

सडक विस्तार कार्यमा आफुहरुको कुनै स्वार्थ नभएको मानबहादुर बताउँछन् । सडक विस्तार नहुँदा हेटौंडाको विकास वर्षौदेखि अन्यौलतामा परेकोले बताउँदै उनले आफू निकास पाएको हेर्न चाहेको बताए। अनशनतर बाबुछोरा आफ्नो यस अभियानलाई साथ दिन आग्रह समेत गरेका छन् ।

सडक क्षेत्रमा पर्ने केही स्थानीयले सर्वोच्चमा मुद्दा समेत दिएका छन् । सर्वोच्चले निवेदकको स्वामित्वमा रहेको घर जग्गाहरुमा हस्तक्षेप गर्ने वा भत्काउने, कुनै कार्य नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि सडक विस्तार प्रभावित हुने देखिएको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले सर्वोच्चको अल्पकालीन आन्तरिम आदेशले नागरिकमा भ्रम सिर्जना गरेको बताए । उनले सर्वोच्चको हालको आदेशले सडक विस्तार कार्य नरोकिने बताए । उनले भने, ‘सर्वोच्चको आदेशले विस्तार कार्य प्रभावित हुँदैन । साउन १६ मा सडक विस्तार कार्यको सुरुवात हुन्छ ।’

रातोमाटे–बुद्धचोक–राप्तीपुल सम्मको सडक सीमा सडक केन्द्रबाट २५–२५ गज दायाँबायाँ निर्माण गरिएको घर टहरा हटाउन अनुरोध गर्दै सडक डिभिजन कार्यालय हेटौंडाले असार १० गते ३५ दिने सुचना जारी गरेको थियो । सो सूचनाको म्याद आगामी साउन १५ गते सकिदैछ ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update