Birgunj News24
मकवानपुरमा २ दिने विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम

मकवानपुरमा २ दिने विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम

हेटौंडा – नेकपा एमाले मकवानपुर विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागद्वारा आयोजित २ दिने विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिम समापन भएको छ ।

विभिन्न कारण उत्पन्न हुन सक्ने विपदबाट आम नागरीकलाई जोगाउनका लागी नेकपा एमाले र जनवर्गिय संगठनहरुको भुमीका महत्वपुर्ण हुने जनताको पक्षमा कार्य गर्नको लागि तालिमको आयोजना गरिएको नेकपा एमाले जिल्ला विपद् व्यवस्थापन् तथा स्वयम्सेवा विभाग मकवानपुरका प्रमुख शिवहरि दाहालले बताए ।

प्रमुख दाहालले नेकपा एमालेले जिल्ला स्तरमा ५० जना बिपद स्वंमसेवक गठन गरि जनताको हितमा परिचालन गरिएको जानकारी दिए ।नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजना गरीएको तालिम कार्यक्रमको समापन नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर रानाले गगरेका थिए । समापन कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, उपाध्यक्ष लाल बहादुर थापा, सचिब नवीन सिग्देल, सचिवालय सदस्य सुमित्रा काफ्ले, राजन थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

तालिम कार्यक्रमलाई मकवानपुरका सबै स्थानीय तह सम्म आयोजमा गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  २१:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update