Birgunj News24
हेटौंडा – बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ चुरियामाई नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हेटौंडा – बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ चुरियामाई नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बस्ने अन्दाजी ३५ बर्षीय शंकर तामाङ रहेका छन् । 

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्र.२–०३–०१२प ८८५० नम्बरको मोटरसाइकल शनिबार साँझा ४ बजे आफै अनियन्त्रित भएर दुर्घटना हुँदा तामाङ गम्भीर घाइते भएका थिए । उनको हेटौंडास्थित सहकारी अस्पतालमा उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । 

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  २२:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update