एक क्विन्टल गाँजा सहित हेटौंडाबाट एक जना पक्राउ
हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.५ स्थित कर्राबाट प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय दुर्गा दर्जी रहेका छन् ।
गएराति विशेष सुचनाको आधारमा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्ने क्रममा उक्त गाडीबाट १०० किलो ६०० ग्राम गाँजा सहित चालक दर्जीलाई पक्राउ गरेको हो ।उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८० २१:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



