Birgunj News24
हेटौंडाबाट अबैध काजु र कपडा बरामद

हेटौंडाबाट अबैध काजु र कपडा बरामद

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट भन्सार छली गरेर ल्याएको काजु र कपडा बरामद गरेको छ ।

गएराति रातोमाटे चेकपोष्टस्थित वीरगञ्जबाट हेटौंडातर्फ आउँदैको यात्रु बाहक बसबाट बिल बिजक नभएको काजु २४ किलो र १००० थान लेडिज कुर्था बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बसको पछाडीको डिक्कीभित्र लुकाई छिपाई ल्याएको अवस्थामा बरामद गरिएको हो । बरामद गरिएको लेडिज कुर्था ३ लाख ५० हजार र काजु २८ हजार ८०० मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

उक्त अबैध कपडा तथा काजु आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको बताईएको छ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update