Birgunj News24
मकवानपुरको बकैयामा भोेलिदेखि रक्सी-चुरोट खान नपाइने, सार्वजनिक पदधारण गरेकाले खाए दोब्बर सजाय

मकवानपुरको बकैयामा भोेलिदेखि रक्सी-चुरोट खान नपाइने, सार्वजनिक पदधारण गरेकाले खाए दोब्बर सजाय

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा भोलि सोमबारदेखि सूर्ती र मदिराजन्य पदार्थ सेवनमा रोक लगाउने भएको छ ।गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले सुचना जारी गरी पालिकालाई लागुऔषध मुक्त स्थानीय तहको रुपमा स्थापित गर्न आउँदो साउन १ गते भोलिदेखि सूर्ती र मदिरा सेवनमा रोक लगाउन लागिएको जनाएको छ । 

गाउँ कार्यपालिकाको निर्णय अनुसार कानुनद्वारा निषेधित र नियन्त्रित लागुपदार्थहरु जस्तो गाँजा, चरेस, अफिम, भाङ, सुईद्वारा प्रयोग गरिने लागुपदार्थ, ट्यावलेटको माध्यमबाट प्रयोग गरिने, पाउडरको माध्यमबाट प्रयोग गरिने, मदिराजन्य जाँड, रक्‍सी, छ्याङ, तुम्बा, निगार लगायत र सुर्तीजन्य लागु पदार्थहरु श्रावण १ गतेबाट पालिकाको क्षेत्रभित्र ओसार–पसार, बिक्री वितरण तथा प्रयोग गर्न पूर्ण रुपमा निषेध गरिएको अध्यक्ष लामिछानेले सुचनामार्फत बकैंयावासीहरुलाई जानकारी गराएका छन् । 

सुचनाको बेवास्ता गरी सूर्ती र मदिराजन्य पदार्थ प्रयोग, ओसार–पसार र बिक्री वितरण गरेको पार्ईए उल्लेखित सामाग्रीहरु जफतसंगै कानुन अनुसार कारवाही समेत गरिने जनाएको छ । पालिका भित्र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतले सूचनाको वेवास्ता गरी लागुपदार्थको प्रयोग गरेको पाईएमा दोब्बर सजाय हुने समेत सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update