Birgunj News24
हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकाभित्रका १९ विद्यालयकाप्रधानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन /

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिकाभित्रका १९ विद्यालयका प्रधानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् । मनहरी गाउँपालिकाभित्रका एक मावि सहित १९ जना प्राथमिक विद्यालयका प्रधानाध्यापकहरुले लिखित रुपमा सामूहिक राजिनामा दिएका हुन् ।

गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले पटक पटकको औपचारिक कार्यक्रममा प्रधानध्यापकहरुको सरुवा गर्ने अभिव्यक्ति दिएपछि प्रधानध्यापकहरुले संयुक्त रुपमा राजिनामा दिएका हुन् । गाउँपालिकाले बिद्यालय सुधार गर्नका लागि भन्दा पनि प्रधानध्यापकहरु सरुवा गर्ने उद्दश्यले अगाडी बढेकाले संयुक्त रुपमा राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख छ ।

गाउँपालिकाले बिना कारण प्रधानाध्यापकहरुको सरुवा गर्न खोजेको प्रधानध्यापकहरु बताउँछन् । योग्य, सक्षम र क्षमतावान शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्न मार्ग प्रशस्त गर्नका लागि राजीनामा दिइएको प्रधानध्यापकहरुको भनाई छ । प्रधानाध्यापकहरु शिक्षक पदमा रहि इमान्दारीपूर्वक काम गर्ने गरी प्रधानाध्यापक पदबाट दिएको राजिनामा श्रावण १ गतेबाट लागुहुने हस्ताक्षर सहितको पत्रमा उल्लेख छ । 

प्राथामिक तहका प्रधानध्यापकहरुको आपसी सहममतिमा सरुवा गर्ने गाउँपालिका शिक्षा समितिले निर्णय गरेको मनहरी गाउँपालिकाका अध्यक्ष रंजन कालाखेतीले बताए । सोही निर्णय कार्यान्वयनका लागि सरुवा गर्न लागिएको उनले बताए । गाउँपालिकामा संयुक्त रुपमा राजिनामा नबुझाएको र आफुलाई पायक पर्ने बिद्यालयमा जान दुई वटा बिद्यालयको सहमतीमा प्रधानाध्यापकहरुको सरुवा गर्न लागिएको उनको भनाई छ ।

सरुवा गर्ने भनेपछि मकवानपुरका १९ विद्यालयका प्रधानाध्यापकको ‘विद्रोह’

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update