Birgunj News24
लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको पहलमा निःशुल्क स्वास्थ्य परामर्श सेवा सुरु

लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको पहलमा निःशुल्क स्वास्थ्य परामर्श सेवा सुरु

वीरगंज, २७ असार । लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको पहलमा आजदेखि वीरगञ्जको बिर्तामा हाडजोर्नी र नशा सम्बन्धि निःशुल्क स्वास्थ्य परामर्श सेवा सुरु भएको छ । मेडिलेन हेल्थ सलुसन्सका संचालक एवं हाडजोर्नी र नशा सम्बन्धि विशेषज्ञ डाक्टर अजय यादव र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीको सहकार्यमा हाडजोर्नी र नशाका बिरामीहरुलाई साप्ताहिक रुपमा निःशुल्क स्वास्थ्य परामर्श सेवा प्रदान गरिने लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सल्मा खातुनले जानकारी दिनुभयो । पर्सा, बारा लगायत छिमेकी जिल्लाका बिपन्न समुदायलाई लक्षित गरि सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परामर्श सेवा अन्तर्गत प्रत्येक बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म जुनसुकै स्थानका बिरामीहरुलाई वीरगञ्जको बिर्तामा रहेको आकृति टावरमा निःशुल्क रुपमा सो सेवा प्रदान गरिने अध्यक्ष खातुनको भनाइ थियो । आफ्नो सामाजिक दायित्व वहन गर्ने उद्देश्यका साथ लायन्स क्लबसँग जोडिएर आगामी एक वर्षसम्म निरन्तर यो सेवा उपलब्ध गराउने डाक्टर यादवले बताउनु भयो । क्लबकी अध्यक्ष लायन सल्मा खातुनको अध्यक्षता एवं लायन्स क्लबका पुर्व डिष्ट्रिक्ट गभर्नर लायन राम अवतार प्रसाद खेतानको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा लायन्स क्लबका एरिया चिफ लायन उमेश शर्मा, जोन चेयरपर्सन लायन विजय कुशवाहा, एम्बेस्डर अफ गभर्नर लायन गुड्डी जोशी, एरिया ट्रेजर लायन आशमा सिंह यादव, डिष्ट्रिक्ट चिफ लायन विजया ओझैया, रिजन चेयरपर्सन लायन अशोक बेरिवाल, डिष्ट्रिक्ट कमिटी चेयरपर्सन लायन मिना टिबडेवाल, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रलकी अध्यक्ष लायन मिनाक्षी गुप्ता, लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी उपाध्यक्ष एवं प्रभु अस्पतालकी संचालिका लायन डा. लक्ष्मी थापा, लायन्स क्लब अफ वीरगञ्ज संस्कृति गोल्डकी सेक्रेटरी लायन पिया सिंह, नेपाली कांग्रेसकी नेतृ डा.सुष्मा तिवारी, आशाराम अस्पतालका निर्देशक डा. अशोक दास, वातावरण संरक्षण अभियन्ता जसपाल सिंह, मानव सेवा आश्रम वीरगंजका संयोजक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, निला राम, अजमत अली, समीम अनवर, लायन संदीप गुप्ता लगायत सामाजिक अगुवा एवं सञ्चारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रल सिटीकी सेक्रेटरी लायन सुसिला साहले गर्नु भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २३:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update