Birgunj News24
अबैध भारतीय रुपैयाँसहित हेटौंठाबाट एक जना पक्राउ 

अबैध भारतीय रुपैयाँसहित हेटौंठाबाट एक जना पक्राउ 

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटेबाट ३ लाख ७५ भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बेतिया थाना बैरिया ग्राम मियापुर दवौली ७ बस्ने ४० वर्षीय रमेश साह गुप्ता रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मंगलबार बिहान काठमाडौंबाट वीरगंजतर्फ जाँदै गरेको प्रदेश ३(००१ ख २५१६ नम्बरको यात्रु वाहक बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार गुप्तालाई उक्त अवैध भारतीय रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । 

उनका अनुसार गुप्ताले कम्मरको भागमा कपडाले बेरी लुकाई छिपाई गरी ल्याएको अवस्था उक्त भारतिय रकम बरामद गरेको हो। गुप्तालाई आवश्यक कारबाहीको लागि राजश्वव अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update