Birgunj News24
पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड

पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड

काठमाडौं – असारको अन्तिम सोमबार साँझ पशुपतिनाथको मन्दिरमा भक्तजनको भीड लागेको छ । हिन्दुधर्मालम्वीहरुले महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लागेको हो । 

महिनाले असार भएपनि तिथीले साउन लागेकोले साउने ब्रत आरम्भ गर्न पशुपतिनाथको मन्दिरमा भक्तजनहरुको भिड लागेको हो । पशुपति दर्शनका लागि बिहानैदेखि भक्तजनको आगमन सुरु थियो भने साँझसम्म श्रद्धालुभक्तजनहरुको घुँइलो लागेको छ । 

काठमाडौं उपत्यका सहित देशका विभिन्न क्षेत्रबाट आएका भक्तजनहरुले पशुपति मन्दिर परिसर भरिएका छन् । सुरक्षाकर्मी परिचालन गरि मन्दिर क्षेत्रको सुरक्षा ब्यवस्था कडा परिएको छ । पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको हो । 

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । त्यसैले भगवान् शिवप्रति आस्था राख्नेहरु भोक तिर्खा सहेर निराशार व्रत समेत गर्दछन् । यस वर्ष साउनमा मात्रै पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले साउने सोमबारको व्रत सुरु गर्छन् ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २३:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update