Birgunj News24
मकवानपुर ट्रक आगलागी अपडेटः तीन जनाको जलेर मृत्यु, दुई घाइते

मकवानपुर ट्रक आगलागी अपडेटः तीन जनाको जलेर मृत्यु, दुई घाइते

हेटौंडा – पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुर मनहरी गाउँपालिका वडा नं.६ नयाबस्ति डिपाट गाउँमा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको जलेर मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ना ६ ख ६६६७ नम्बरको ट्रक चालक चितवन राप्ति नगरपालिका–८ बस्ने अन्दाजी २७/२८ बर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकका सहचालक गोरखा गण्डकी गाउँपालिका–२ गोर्दीटार बस्ने अन्दाजी २०/२१ बर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रक सहचालक मकवानपुर मनहरी गाउँपालिका ३ बस्ने अन्दाजी १९/२० बर्षीय अमृत प्रजा रहेका जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले बताए ।

ट्रकमा जलेर मृत्यु भएकाको शव साना टुक्राहरु मात्र फेला परेको छ । ट्रकमा जलेर मृत्यु भएका तीन जनाको शव हेटौंडा अस्पतालमा ल्याईएको उनले बताए । आज बिहान पौने २ बजे हेटौडा तर्फबाट चितवनतर्फ जादै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र बिपरीत दिशा तर्फबाट आउदै गरेको ना ६ ख ६३१ नंम्बरको ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुदा दुबै ट्रकमा आगलागी भएको हो ।

ट्रकमा सवार चितवन राप्ति नगरपालिका वडा नम्बर–३ बस्ने वर्षिय ३५ बिबेक तामाङ, ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–३ बस्ने ३२ वर्षिय अर्जुन कुमार प्रजा गम्भिर घाइते भएका छन् । उनीहरुको उपचारका लागि भरतपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।ट्रकमा लागेको आगो नियन्त्रणमा आएको छ भने अवरुद्ध पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update