Birgunj News24

हेटौंडाबाट लागुऔषध गाँजा सहित ६ जना पर्सा का पक्राउ 

हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं।१५ रातोमाटे चेक प्वाईन्टबाट लागुऔषध गाँजा सहित ६ जना पक्राउ परेका छन् । पूर्वपश्चिम सडकखण्ड अन्तर्गत चितवनबाट बीरगंजतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०२५च ३३८४ नम्बरको कारबाट४७ किलोग्राम गाँजा बरामद गरी ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्सा, वीरगंज महानगरपालिका–१४ बस्ने ४२ वर्षीय कन्हैयालाल महतो, वीरगंज–१८, बस्ने वर्ष २० की दुसमेना खातुन, सोही स्थान बस्ने २१ वर्षीया पुजा कुमारी मण्डल र पर्सा, पटेर्वा सुगौली गाउँपालिका–४ बस्ने २५ वर्षीय बिनय चौधरी, पर्सा, वीरगंज–४ बस्ने २६ वर्षीय बिनोद मण्डल र सोही ठेगाना बस्ने ३९ वर्षीय बिनोद पासवान रहेका छन् । पक्राउ परेका मध्ये २ महिला छन् भने ४ पुरुष रहेका छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय, पशुपतिनगर र प्रहरी चौकी, रातोमाटेबाट खटिएको चेकिङ टोलिले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका मध्ये बिनोदद्वय प्र २–०३–००७ प ४७५४ नम्बरको मोटरसाइकलमा सवार थिए । कार र मोटरसाइकल, गाँजा सहित ६ नै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update