Birgunj News24

हेटौंडा अस्पताललाई ८८ लाख ६० हजारको स्वास्थ्य उपकरण सहयोग

हेटौंडा – रोटरी क्लबअफ मकवानपुरले मदनभण्डारी स्वाथ्य बिज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पताललाई ८८ लाख ६० हजार ४७२ मुल्यको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मुटु सम्वन्धी स्वास्थ्य उपचारमा प्रयोग हुने विभिन्न ७ प्रकारका उपचारमा प्रयोग हुने उपकरण हस्तान्तरण गरेको हो ।

रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्ण कार्कीले उक्त स्वास्थ्य उपकरण दनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई हस्तान्तरण गरेका हुन् ।

मुटु सम्वन्धी स्वास्थ्य समस्या भएकाहरुको उपचारमा सहयोग गर्ने उदेश्यले टीएमटी स्क्यान, इसीजी मेसिन, होल्टर सिस्टम लगायतका उपकरणहरु सहयोग गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कार्कीले बताए ।

उक्त सामाग्री हस्तान्तरण गरिएको पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा रजिष्टार राजेश प्रसाई र हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटाले सहयोगी दाताहरुप्रति धन्यवाद ब्यक्त गरेका थिए ।

त्यस्तै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट लगायतकाले स्वास्थ्य उपकरण सहयोगले अस्पतालको सेवा विस्तार हुने र त्यसको अनुभूत जनताले गर्न पाउनु पर्ने बताएका थिए ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update