हेटौंडामा दुई दिने युवा सम्मेलन सुरु
हेटौंडा – बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा दुई दिने बागमती प्रदेश युवा सम्मेलन सुरु भएको छ । बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मुक्तानले सम्मेलनको उद्घाटन् गरिन् ।
सम्मेलनको सम्बोधन गर्दै मन्त्री मुक्तानले सम्मेलन प्रदेश सरकारको पुँजीका रुपमा आफुले लिएको बताइन् । दुई छलफलपछि प्रदेशका युवाहरुको सुझाबलाई प्रदेश सरकारले ग्रहण गर्ने उनले बताइन्। प्रदेशभरीका युवाहरुका लागि नीति बनाउनका लागि यो कार्यक्रम प्रभावकारी रहेको उनले बताइन् ।
त्यस्तै प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री तथा प्रदेशसभाका सदस्य एकालाल श्रेष्ठले युवाहरुका नीम्ती बजेट र नीतिमा प्रदेश सरकार देखिनु पर्ने बताए । कार्यक्रममा अर्का प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीले मुलुकलाई राम्रो बनाउनका लागि युवाहरुको साथ आवस्यक रहेको बताए।
सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट समावेशी अवधारणा अनुसार १ सय ५० युवाको सहभागिता रहेको छ । सम्मेलनमा सहभागी हुने युवा छनोटका क्रममा ७२ जना पुरुष, ४१ जना महिला र ३ जना लैंगिक तथा यौनिक अल्पसंख्यकहरु सम्मेलनमा सहभागि छन् ।
प्रदेशका १३ जिल्लाका जिल्ला युवा समितिमार्फत सिफारिस भई आएका ७५ जना र अनलाइनमार्फत आवेदन दिएका मध्ये ६० र १५ जना सरोकारवाला संघ संस्था र सरोकारवाला निकायको सिफारिसमा छनोट भएका युवाहरु सहभागि भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले बताए।
सम्मेलनमा ५ वटा महत्वपूर्ण सत्रको आयोजना गरिएको छ । सम्मेलनमा नवप्रवर्तन र नवीनतम् साँचको विषयमा कारखाना समूहका प्रमुख कार्यकारी अधिकृत पवित्र बहादुर गौतम र सूचना प्रविधिका विषयमा गिरिराज त्रिपाठीले सम्मेलनमा सहभागी युवासँग अन्तरक्रिया गर्नेछन् ।
सामाजिक र सार्वजनिक जीवनमा युवा सहभागिताका विषयमा टेलिभिजन पत्रकार टिकाराम यात्री र विद्या चापागाईंसँगै लेखक तथा विश्लेषक केशव दाहालले अन्तरक्रिया गर्नेछन् । उद्यम एवम् व्यावसायिक सुरुवात र उद्यमशीलताका विषयमा डा सुयश कार्की र हेलमेट नेपालकी प्रार्थना सावले अन्तरक्रिया गर्नेछन् ।
यस्तै सामाजिक सञ्जालका विषयमा सन्तोष सिग्देल र उज्ज्वल आचार्य, राष्ट्र निर्माणमा युवाको भूमिका विषयमा माधव ढुंगेल, महेश दाहाल र सुरेन्द्र बस्नेतले युवामाझ आआफ्ना प्रस्तुती र अन्तरक्रिया गअन्तरक्रिया गर्नेछन् । सम्मेलनको उत्दघाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक किरण राणा लगायतकाको आतिथ्यता रहेको थियो ।



