Birgunj News24

हेटौंडामा टिपरको ठक्करबाट एक जनाको मृत्यु

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. २ चौकीटोलमा टिपरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहनगरपालिका वडा नं.१ जरुवाटोलका २५ वर्षीय अमित कपाडी रहेका छन् । 

गएराति भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरको ठक्करबाट घाइते भएका कपाडीको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार स्कुटरका चालक सामान्य घाइते भई हेटौंडा अस्पताल उपचारपश्चात घर फर्किसकेका छन् । प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update