Birgunj News24
राक्सिराङको बजेट ५९ करोड ९५ लाख

राक्सिराङको बजेट ५९ करोड ९५ लाख

हेटौँडा – मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याएको छ। पालिकाको शनिबार भएको गाउँसभाको १४ औं (बजेट) अधिवेशनमा पालिकाका उपाध्यक्ष वनस्थम थिङले आगामी आवका लागि ५९ करोड ९५ लाख २५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

चालुतर्फ ३५ करोड ४१ लाख ६० हजार र पुँजीगततर्फ २४ करोड ५३ लाख ६५ हजार रुपियाँ विनियोजन गरिएको छ। आगामी आवको बजेट गत आवको भन्दा छ करोड ४८ लाख ९० हजार रुपियाँले कम हो। यस्तै चालु आवको बजेट ६६ करोड ४४ लाख १५ हजार रुपियाँ रहेको छ। 

पालिकाले आफ्नो बजेटमा एक दर्जन बढी स्थानीय गौरवका योजना समेटेको छ । चेपाङ संग्राहलय भवन निर्माणको लागि १ करोड २० लाख, चौनपुर देविटार पाङ्गथली सडक निर्माणका लागि १ करोड, बाघधारा, सुनारीसौरा, सानोभावर नेवारपानी सडक निर्माणका लागि १ करोड, वडा कार्यालय भवन निर्माणको लागि १ करोड ४० लाख, आयूवेद भवन निर्माणको लागि २० लाख विनयोजन गरेको छ ।

त्यस्तै खेतीयोग्य जमिनमा सिचाईं पुर्याउन, कृषि उपकरण संकलन केन्द्र निर्माण, मकैबाली तथा तरकारी खेती प्रवद्र्धन, अदुवा बेसार, बाख्रापालन, कृषि सवलिकरण तथा क्षमताअभिवृद्धी, अनुदान, मलढुवानी जस्ता ३६ वटा कृषि कार्यक्रमका लागि १ करोड ७२ लाख विनियोजन गरेको छ ।शनिबार नै गाउँसभाबाट राक्सिराङ गाउँपालिकाको विनियोजन विधेयक २०८० र आर्थिक ऐन २०८० स्वीकृत भएको छ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update