Birgunj News24
सर्लाही, असार ९ । नेकपा एमाले मधेश प्रदेशमा प्रचारको कामलाई ब्यवस्थित बनाउन असार महिना को समयसिमा तोकिएको छ !

सर्लाही, असार ९ । नेकपा एमाले मधेश प्रदेशमा प्रचारको कामलाई ब्यवस्थित बनाउन असार महिनाको समयसीमा तोकिएको छ । सर्लाहीमा आज आयोजित मधेश प्रदेश स्तरीय प्रचार भेलामा इञ्चार्ज एमाले सचिव योगेश भट्टराईले यस्तो जानकारी दिनुभएको हो ।

भेलामा बोल्दै सचिव भट्टराईले असार महिनाभरीमा मधेश प्रदेशका ८ वटै जिल्ला कमिटीले बैठक बसेर प्रचार बिभागलाई पुर्णता दिनुपर्ने बताउनु भयो । यसैगरी असार महिनाभित्रै सवै जनसंगठनले बैठक बसेर आगामी एक बर्षको कार्ययोजना बुझाउनु पर्ने निर्देशन पनि दिनुभयो ।

‘एमालेका सवै जिल्ला कमिटीले असार महिनाभित्र प्रचार बिभागलाई पूर्णता दिएर बदलिएको सूचना प्रविधिमैत्री बनाउने गरी काम थाल्नुपर्नेछ, मधेश प्रदेशका सवै जनसंगठनले असारभित्र बैठक राखेर आगामी एक बर्षको कार्ययोजना प्रदेश कमिटी र मलाई दिनुहोला, आजको भेलाको यो निर्णय नै हो,’ एमाले सचिव तथा मधेश प्रदेशका इञ्चार्ज भट्टराईले भन्नुभयो ।

उहाँले अव काम गर्न अल्छी गर्नेहरुलाई भने पार्टीले बिगतमा जस्तो सदासयता नराख्ने प्रष्ट बटमलाइन सुनाउनु भयो । उहाँले हरेक महिना सवै जनसंगठनको कामको प्रगतिसहित प्रतिवेदन माग्ने जनाउ पनि दिनुभयो । ‘अव साउनबाट हरेक महिना सवै जनसंगठनदेखि पार्टी कमिटीसम्मको प्रगति प्रतिवेदन माग्छु, त्यसअनुसार काम गर्नुभएन भने जनसंगठनको हकमा केन्द्रीय अध्यक्षलाई जानकारी दिएरु पदमुक्त गर्न भन्ने छु,’ सचिव भट्टराईले भन्नुभयो । उहाँले आजको दुनियामा चलेको फेसबुक, ट्वीटर, टीकटक जस्ता माध्यममा एमालेका सवै नेता कार्यकर्ता प्रखर बनेर उत्रनुपर्ने बताउनु भयो ।

नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टीले प्रचार, पार्टी स्कूल र जनसंगठनलाई बिशेष फोकस गरेको भन्दै त्यसअनुसारको योजनासहित परिणाममुखी काम गर्नुपर्ने बताउनु भयो । प्रमुख गौतमले प्रचार बिभागले अहिले पार्टीबिरुद्ध भइरहेको आक्रमण र बर्तमान चुनौतीको सामना गर्ने गरी योजना बनाइरहेको बताउनु भयो । मिसन फिप्टी वान २०८४ का साथ एमाले अघि बढेको छ, मधेशको हकमा एमालेबाहेक अरुले ठग्ने काम मात्रै गरेका छन, यो कुरालाई जनताकाबीचमा स्थापित गर्दै हाम्रा जनप्रतिनिधिहरुले काम गर्नूपर्छ,’ प्रमुख गौतमले भन्नुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मधेश प्रदेशमा प्रचारको संयोजक अरबिन्द सिंह, मधेश प्रदेशका अध्यक्ष रामअवतार यादव, केन्द्रीय प्रचार बिभाग सचिव गगन बिष्ट र प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतका नेताहरुले प्रचारको कामलाई ब्यवस्थित बनाउनका लागि बिभिन्न सुझाव राख्नुभएको थियो । प्रचार शैलीदेखि आनीबानी र ब्यवहारमा सुधार गर्न पनि उहाँहरुले सुझाव दिनुभयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका प्रभावशाली नेता तथा पुराना पत्रकार शैलेन्द्र गुप्ता प्रेस चौतारीमा प्रवेश गर्नुभएको छ ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २२:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update