Birgunj News24

खैरो हिरोईनसहित हेटौंडाबाट दुई नाबालक पक्राउ

मकवानपुर – पूर्व पश्चिम सडकखण्ड अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देश भारत मोतिहारी ४ बस्ने अन्दाजी १७ वर्षीय र बारा ईटयाही गाउँपालिका–१२ बस्ने अन्दाजी १४ वर्षीय दुई बालक रहेका छन् ।

पथलैयाबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ८६८८ नम्बरको माईक्रोलाई प्रहरीले चेकजाँच गर्दा अन्दाजी ५/६ ग्राम खैरो हिरोईन सहित धिरज र बिष्णु पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रहरीले दुबै जनालाई नियन्त्रण लिएर थप अनुसन्धान गरिहरेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update