Birgunj News24
बामगती प्रदेशमा कर्मचारीको वैयक्तिक विवरण वितरण सुरु

बामगती प्रदेशमा कर्मचारीको वैयक्तिक विवरण वितरण सुरु

हेटौंडा – बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलय आजबाट प्रदेशमा नियुक्त कर्मचारीहरुको वैयक्तिक विवरण वितरण कार्यक्रमको सुरुवात गरेको छ । प्रदेश लोक सेवा आयोगबाट नियुक्त भएका कर्मचारीहरूको (पीआइएस) वितरणको काम सुरु गरिएको हो ।

पहिले प्रदेशबाट नियुक्त भएका कर्मचारीहरुको व्यक्तिगत विवरण हातले लेखेर राखिएको भएपनी अब भने सफ्टवेयरका माध्यमले राख्न सुरुवात गरिएको हो । प्रदेश कितावखाना स्थापना भएर गरिएको प्रयास स्वरुप नयाँ नियुक्त कर्मचारीहरूको लागि पहिलो पटक (पीआइएस) नम्बर प्रदान गर्ने कार्यक्रमको शुरूवात प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको हो । संघीयता शुरू भए पश्चात सबैभन्दा पहिला बागमती प्रदेशबाट नै यो कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रमका अवसरमा प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले यो काम कर्मचारी तन्त्रका लागि अत्यन्त महत्वपूर्ण काम रहेको बताउनुभयो । प्रदेश सरकारले कर्मचारीहरुको बढुवा गर्ने लगायतका कामहरु पनि गरेकाले यसको अतीनै आवस्यक परेकाले पनि सुरुवात गरिएको हो । कर्मचारी व्यावस्थापनको पाटोमा यो काम महत्वपूर्ण रहेको उgले बताP ।

कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिब मुकुन्द प्रसाद निरौलाले यस कार्यालयबाट राष्ट्रिय किताबखानाका लागि धेरै पटक पत्राचार गरिएपनि काम नभइरहेको समयमा अब भने सहज भएको बताउनुभयो । कार्यक्रममा प्रदेशका सचिबहरु, उपसचिबहरु, महासखाका प्रमुखहरु लगायतकाको सहभागिता रहेको थियो । यस सम्वन्धी विस्तृत विवरण यसप्रकार रहेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update