Birgunj News24
हेटौंडाबाट लाखौँ मुल्यको अवैध सुनसहित एक जना पक्राउ 

हेटौंडाबाट लाखौँ मुल्यको अवैध सुनसहित एक जना पक्राउ 

हेटौंडा – प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट लाखौँ मुल्यको अवैध सुन सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा नं।१६ बस्ने २२ बर्षीय किशन साह रहेका छन् ।

प्रहरीले बुधबार विहान साहले लगाएको जुत्ताको नोकभित्र सुनको ३ थान विस्कुट र सिक्री बरामद गरेको हो । काठमाडौंतर्फबाट आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको यात्रु बाहक बसमा सवार साहलाई चेकजाँच गर्दा ५६१ दशमलव ३० ग्राम रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

कार्कीका अनुसार साहको शरिर तथा झोलाको रितपुर्बक खानतलासी गर्दा उनले लगाएको जुत्ताको नोकभित्रबाट उक्त ३ थान सुनको बिस्कुट र सिक्री बरामद गरिएको हो । सो सुन हालको बजार मुल्य अनुसार ५४ लाख ४८ हजार ५४२ रहेको उनले बताए ।

रातोमाटे चेक पोष्ट अगाडी सडक खण्डमा ईलाका प्रहरी कार्याल पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । साहमाथि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update