Birgunj News24

मकवानपुरमा दुई जनाको मृत्यु 

हेटौंडा – मकवानपुरको थाहा नगरपालिका–३ स्थित झाक्रीखोरिया खोलाको छहराबाट खसेर एक जनाको मृत्यु भएको छ ।

 

 

मृत्यु हुनेमा चितवन राप्ती नगरपालिका–६, भण्डारा घर भएका अन्दाजी ४६ वर्षीय हरिशरण बर्तौलाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

 

प्रहरीका अनुसार सोमबार छहराबाट लडेका बर्तौला झाक्रीखोरिया खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

त्यस्तै जिल्लाको हेटौंडा उमहानगरपालिका वडा नं।२ संगमचोकमा एक जनाको शव फेला परेको छ । 

हेटौंडा उपमहानगरपालिका–६, चौघडा बस्ने अन्दाजी ५०र५५ वर्षीय गोपी चौलागाईको शव सोमबार संगमचोकस्थित रहेको एक पुरानो घरको पेटीमा सुतेकै अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा जनाएको छ ।

घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १६:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update