हेटौंडा – मकवानपुरको हेटौंडामा नेपाल टेलिकम टावरबाट सल्किएको आगोले एक गोठमा क्षति पुगेको छ ।
हेटौंडा उपमहानगरपालिका–१९ झ्याम्रुस्थित नेपाल टेलिकमको टावर मुनी राखिएको ब्याकपबाट सल्किएको आगोले स्थानीय धर्मराज मोक्तानको गाईगोठमा क्षति पुर्याएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट मोक्तानको गोठमा रहेका १० वटा बाख्रा, ५ वटा बोका, अन्नपात, लत्ताकपडा, फर्निचर र नगद रू १ लाख ५० हजार गरी जम्मा ८ लाख ६१ हजार बराबरको क्षेती भएको छ ।
नेपाल टेलिकमको ब्याकप वाईरिङ मेशिनको मुल्य ऐकिन नभएको प्रहरीले जनाएको छ। यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय



