हेटौंडामा सामूहिक आत्महत्याको प्रयास गर्दा १८ महिने नाबालकको मृत्यु, आमा र छोराको उपचार हुँदै
हेटौंडा – मकवानपुरको हेटौंडामा बालबालिकासहित सामूहिक आत्महत्याको प्रयास गर्दा एक नाबालकको मृत्यु भएको छ भने आमा र छोराको अवस्था गम्भीर रहेको छ ।
हेटौंडा उपमहानगरपालिका–१५, जाँते बस्ने ३६ वर्षीया सोनी पाख्रिनको १८ महिनाको जेनिस वाईबाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीका अनुसार बुधबार साँझ सोनी पाख्रिनले आफु र आफ्नै छोरा वर्ष ७ का अस्किन वाईबा र जेनिस वाईबालाई झार मार्ने प्यारा क्वाईट डाइक्लोराईड नामक बिषादी खुवाएर आत्महत्याको प्रसाय गरेका थिए । उनीहरुको तत्काल उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याईएको थियो ।
बिरामी मध्ये दुई जनाको उपचार त्यहाँ सम्भव नभएपछि थप उपचारको लागि भरतपुरतर्फ लगिएकोमा १८ महिनाको जेनिस वाईबा उपचारको क्रममा चिनवनको सिएफसी अस्पतालमा बिहिबार विहान मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।
अस्किन वाईबाको अवस्था मध्यम रहेको रहेको बताईएको छ । उनीहरुले सामुहिक रुपमा विषादी सेवन गरेर हात्महत्याको प्रयास किन गरे रु भन्ने बारेमा अनुसनधान कार्य भईरहेको उनले बताए ।
पछिल्लो समय मकवानपुरमा आत्महत्याको घटना बढ्दै गएको छ । पछिल्लो समय मकवानपुरमा आत्महत्याको घटना बढ्दै गएको छ । बुधबार थाहा नगरपालिका–८ मा एक युवतीले विषादी सेवन गर्दा उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । त्यस्तै मंगलबार मकवानपुरगढी गाउँपालिका–५ मा एक किशोरी आफ्नै घरको कोठामा सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।



