Birgunj News24
बिचौलिया मनिष र फारूक छुटाउन जिल्ला प्रहरीमा दलाल परिचालन

 बिचौलिया मनिष र फारूक छुटाउन जिल्ला प्रहरीमा दलाल परिचालन

वीरगन्ज,१३ जेठ 

गत बैशाख २६ गते पर्सा जिल्ला मालपोत कार्यालयमा पोखरीया नगरपालिका ४ निवासी निलम देवी कलवारले आफ्नो वीरगन्ज २४ रामगढवाको साढे ७ धुर घडेरी बेच्नि । निलमको श्रीमान मानसिक रोगी रहेकोले उनले सिमावर्ती बिहारको भेलाही बजार माईतीबाट भाईलाई जग्गा पास गर्न सहयोगीको रूपमा बोलाएकी थिईन ।कलवारले पोखरीया नगरपालिका २ बसन्तपुरका रैफली साह संग बेचेको जग्गा पास गरेकै दिन १२ लाख रकम मालपोत कार्यालयमा बुझ्नि ।  निलमका भाई धन्नजय गुप्ताले जग्गा बिक्री भएको रकम बैगमा लिएर दिदी निलमको घर पोखरिया नगरपालिका ४ पुर्याउन जाने क्रममा तिलावे पुल नजिकै बाट प्रहरीले उनलाई रकम सहित नियंत्रणमा लियो । धन्नजय संग हुण्डीको रकम रहेको सुचना प्रहरीलाई प्रसौनीका फारूख खान र धोरे निवासी मनिष यादवले दिएका थिए । प्रहरीलाई सुराकी दिएका मनिष र फारूख  पछि धन्नजय गुप्ताको परिवार संग भेटेर छुटाईदिन्छौ भन्दै पर्साका एसपीको नाममा १ लाख,डिएसपी दिपक गिरीको नाममा १ लाख र सरकारी बकिल कार्यालयको नाममा १ लाख तथा आफ्नो खर्च ४० हजार गरि ३ लाख ४० हजार रकम पनि लिए । जग्गा बेचेको १२ लाख प्रहरीले हुण्डी घोषणा गरिदियो र उनको भाई धन्नजय गुप्ता थुनामा हालेपछि निलमले पर्साका एसपी कोमल शाहलाई गुहार गरिन र आफनो पिडा सुनाईन,छुटाउनपनि ३ लाख ४० मनिष र फारूकले लिएर आफुलाई दोहरो ठगी गरेको एसपीलाई सुनाईन ,एसपी शाहले दुबै जनालाई तत्काल नियन्त्रणमा लिए । 

उनिहरूमाथी अभद्रव्वहारको मुद्दामा म्याद थप गरि अनुसंधान भईरहेको छ । पिडितले ठगिको जाहेरी डीएसपी दिपक गिरीलाई बुझाएपनि बिचौलियाहरूको प्रभावमा देखिएका डिएसपीले ठगिमुद्दा दर्ता नगर्न आलटाल गर्दै आएका छन । मनिष यादव र फारूख खानले गुप्ता परिवार संग पैसा लिएको स्विकार्दै सो रकम प्रहरीकै जानकारीमा विहिवार फिर्तापनि गरेका छन । बिचौलियाहरूले रकम बुझेको र फिर्ता गरेको कुरा प्रहरी सामु छर्लङ्ग हुदापनि ठगीको मुमद्दा अगाडी बढेको छैन । 

जिप्रकामा दलाल छुटाउन दलाली  

यता प्राप्त जानकारी अनुसार बिचौलिया मनिष र फारूक माथी ठगी मुद्दा चल्न नदिन पनि केहि दलालहरू जिल्ला प्रहरीमा सक्रिय छन । डिएसपीको अघिपछि तिन चार दिन देखी दलालहरू लागिरहेको जिल्ला प्रहरी कार्यालयमै चर्चाको बिषय बनेको छ । प्रहरीले अभद्रव्यवहार मुद्दा चलाएको छ ,उनीहरू कसलाई अभद्र व्यवहार गरेका छन ? प्रहरी संग जवाफ छैन ,३ लाख ४० हजार लिएको र फिर्ता गरिसकेको अभियुक्तहरूले प्रहरीलाई जानकारी गराई सकेपनि ठगि भएको थप के प्रमाण प्रहरीलाई चाहिने ? यी यस्ता प्रशनहरू हुदा हुदै पर्साका एकदुई जना माननिय बरिपरि घुमनेहरू विचौलिया छुटाउन परिचालित भएका छन । 

गुप्तालाई हुण्डी कारोबारी रहेको सुचना दिएर फसाउने र पछि छुटाउने नाममा प्रहरीको नाममा थप रकम लिने पकाहा मैनपुर गाँउपालिका १ धोरे निवासी २७ बर्षीय मनिष यादव र बिन्दबासिनी गाँउपालिका प्रसौनीभाटा निवासी ४५ बर्षीय फारुखले सागठित अपराध अन्तर्गतको ठगी कसुर गरेको पाईन्छ । सोतका अनुसार दुबै जनाको ब्यानको भिडियो पर्साका एसपी कोमल शाहको मोबाइलमा सुरक्षित छ । जस्मा दुबैले पैसा लिएको र पक्राउपरेपछि फिर्ता गरेको स्विकारेका छन ।

गुप्ता माथी अनुसन्धान नै नगरी प्रहरीले हुण्डी कारोबारी नै घोषणा गरेर जिल्ला अदालतमा म्याद थप गरेर कारवाही प्रक्रिया अगाडी बढायो । उनी करिब ११ दिन थुनुवामा बसेर साढे ३ लाख धरौटी राखेर जिल्ला अदालतबाट जेठ ७ मा रिहा भएका छन ।

गुप्ताका अनुसार हुण्डी कारोबारको सुचना दिनेदेखि छुटाई दिने सम्म रकम लिएको प्रमाण हुदाहुदै पनि प्रहरीले ठगी मुद्धा दर्ता नगरेको अवस्था छ । 

ठगेको आरोपमा प्रहरी हिरासतमा रहेकाहरुको विरुद्ध थप कुरा बुझने कार्य भईरहेको पर्साका प्रहरी उपरिक्षक कोमल साहले बताए । 

उनले प्रहरी हिरासतमा रहेकाहरु विरुद्ध ठगी गरेको थप प्रमाण फेला परे मुद्धा दर्ता गरेर अगाडी बढ्ने बताए ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update