Birgunj News24
बागमती प्रदेशभित्र भाडादर घट्यो 

बागमती प्रदेशभित्र भाडादर घट्यो 

हेटौंडा – बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको छ । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गरेको हो ।

यसअघि पेट्रोलियम पदार्थको मूल्य घटे पनि बागमती प्रदेशभित्र अन्तर पालिकामा चल्ने सार्वजनिक सवारीका साधनको भाडा समायोजन नगरेको भन्दै आलोचना भएको थियो । समायोजन गरिएको भाडादर बिहिबारदेखि लागु भएको छ ।

मन्त्रालयले अन्तरपालिका यात्रुबहाक सवारी साधनमा ४ दशमलव १८ प्रतिशत भाडा घाटाएको छ भने मालबहाक सवारी साधनको हकमा ४ दशमलब ६९ प्रतिशत भाडा घटाएको छ । जसअनुसार हेटौंडा–भीमफेदी–काठमाडौं छोटो दूरीमा चल्ने सवारी साधनको भाडा २७ रुपैयाँ घाटाएर ६ सय २४ रुपैयाँ कायम गरिएको छ । यसअघि हेटौंडा–काठमाडौंको भाडादर ६ सय ५१ रुपैयाँ रहेको थियो ।

यात्रुले १५ किलो समान निशुल्क बोक्न पाउनेछन् भने सोभन्दा बढी १० किलोसम्म प्रतिकिलो ५ रुपैयाको दरले भाडा तिर्नुपर्ने हुन्छ । काठमाडौं उपत्यकाको हकमा न्यनतम् भाडादर रु २० रहेकोमा रु १९ कायम गरिएको छ भने अधिकतम् रु ४० बाट घटाएर रु ३८ कायम गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  २२:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update