Birgunj News24
विकास निर्माणमार्फत जनताको अवस्था परिवर्तन गर्न ध्यान दिनुस्ः नेता बानियाँ

विकास निर्माणमार्फत जनताको अवस्था परिवर्तन गर्न ध्यान दिनुस्ः नेता बानियाँ

हेटौंडा – नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले ब्यवस्था परिवर्तन गर्न जनताले दशकौ योगदान गरेकाले अब जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्ताहरु जनताको अवस्था परिवर्तन गर्न लाग्नुपर्ने बताएका छन् ।

बकैया गाउँपालिकाको शनिबार हात्तसुँढेमा गाउँपालिकास्तरीय सम्मेलन बोल्दै प्रमुख अतिथि नेता बानियाँले जनताको पटकरपटक योगदान गरेर ब्यवस्था परिवर्तन भैसकेकोले अब पार्टीको संगठन सुदृढीकरण गर्दै जनताको अबस्था परिवर्तन गर्न दिलोज्यान दिएर लाग्न कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सम्मेलनमा गाउँपालिकाका वडासभापति, जनप्रतिनिधि, स्थानीय नेता तथा कार्यकर्ता पंक्तिबाट उठेका जिज्ञासाको जवाफ दिंदै नेता बानियाँले विगतमा नमिलेको असन्तुष्ट मनहरु मिलाएर कांग्रेसले स्थानीयस्तरमा गरेका विकासनिर्माण र जनताको पक्षमा गरेका कामकार्वाहीको बारेमा जनतालाई बुझाउँदै तिव्ररुपमा संगठन विस्तारमा लागि देशकै नमुना गाउँपालिका बनाउन निर्देशन दिए ।

कांग्रेसको केन्द्रीय परिपत्र बमोजिम वडा, गाउँपालिका, जिल्ला र प्रदेशको भेला गर्ने कार्यक्रमअन्तर्गत कांग्रेस बकैया गाउँपालिकाको सम्मेलन भएको हो ।

कांग्रेस बकैया गाउँपालिका सभापति दिलबहादुर भोम्जनको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानियाँको प्रमुख आतिथ्यतामा भएको गाउँपालिका सम्मेलनमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, उपसभापति धर्म लामिछाने, सहसचिव ताराचन्द्र बजगाई निशान, संघीय सभापति दामोदर खनाल, कांग्रेस नेता चन्द्र राई, बकैया गाउँपालिका उपसभापति लोकेन्द्र माझीलगायतले मन्तव्य गरेका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  १८:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update