एमाले सचेतक बर्तौला हेटौंडा अस्पतालमा भर्ना
मकवानपुर – सांसद तथा नेकपा (एमाले) का सचेतक महेश बर्तौला अस्पताल भर्ना भएका छन् । उच्च ज्वरो आएपछि उनलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पालमा भर्ना गरिएको हो ।
उच्च ज्वरो नघटेपछि शुक्रबार अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार केही दिनदेखि उनलाई ज्वरो आएको थियो । मकवानपुर प्रतिनिधि सभा २ बाट निर्वाचित साँसद बर्तौला आफ्नै क्षेत्रको सरकारी अस्पतालमा उपचाररत छन् ।
सचिवालयका अनुसार उनलाई २८ गते रातिबाट एक्कासी ज्वरो आएको थियो र ज्वरो नघट्ने देखे पछि २९ गते सँझ हेटौंडा अस्पतलमा पुर्याइएको थियो । अस्पताल प्रशासनले घाँटिको टन्सिल र कमजोरिका कारण ज्वरो आएको जनाएको छ । अस्पतालले नेता बर्तौलालाई केही दिन बेड रेस्ट गर्न सुझाएको छ । बर्तौला केही दिनदेखि गृह जिल्ला मकवानपुरको विभिन्न कार्यक्रमहरुमा सहभागी थिए ।



