स्रोत नखुलेको १२ लाख नगद र मोटरसाइकल सहित २ जना पक्राउ
अखिलेश प्रसाद साह, बिरगंज , बैशाख २७ गते बुधबार ।
पर्सा प्रहरीले स्रोत नखुलेको १२ लाख नगद र मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको छ।पर्सा जिल्ला
बिन्दबासिनी गाउँपालिका वडा नं.५ प्रसौनीभाटा पुलमा प्रहरी चौकी प्रसौनी भठ्ठाबाट खटिएको चेकिङ्ग टोलीले बिरगंजबाट प्रसौनी भाठ्ठातर्फ जाँदै गरेको BR-05S -4702 न.को भारतिय नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाइकलमा पछाडि सवार भारत विहार जिल्ला पुर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने बर्ष ४० को धनन्जय कुमार गुप्ताले बोकेको कालो झोलामा स्रोत नखुलेको नेपाली रु.१००० दरका नोट ८०० थान र ५०० दरको नोट ८०० थान गरी जम्मा रु.१२,००,०००।- फेला परेको हुँदा मो.सा.चालक बिन्दवासिनी गाउपालिका वडा नं. ६ बस्ने बर्ष २६ को मुसाहेब आलम र निज धनन्जय कुमार गुप्तालाई उल्लेखित नम्बरको मो.सा.र नगद सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई नेपाल राष्ट्र बैंक ऐन २०५८ बिरूद्धको कसूरमा मिति २०८०।०१।२७ गते पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धानमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिनुभयो ।



