Birgunj News24
हेटौंडाका ५६ घरधुरीलाई लालपुर्जा  हेटौंडा

हेटौंडाका ५६ घरधुरीलाई लालपुर्जा

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा ५६ घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ। राष्ट्रिय भूमि आयोग मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिमा ५६ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो।

२०५२ सालमा साबिकको पदमपोखरी र हालको हेटौंडा उपमहानगरपालिका—१३ वनस्पतिमा ताइवानी सरकारको सहयोगमा बाढीपीडितहरुका लागि ४ सय २ घर वनेको थियो । ती घरमध्ये ७४ परिवारले लालपूर्जा पाएका थिएनन् ।

उनीहरुले २८ वर्षपछि जग्गाधनी पूर्जा पाएका हुन् । राष्ट्रिय भूमि आयोग मकवानपुरले ७४ घरधुरीलाई मंगलबार एक कार्यक्रमबीच लालपूर्जा वितरण गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामा, उमेयर राजेश बाँनिया, भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहाल, वडाध्यक्ष पेमा लामा लगायतले जग्गाधनी पूर्जा वितरण गरेका थिए । राजस्व नतिरेका कारण बनिसकेका १८ जनाको लालपूर्जा रोकिएको आयोगका अध्यक्ष दाहालले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update