हेटौंडाको वडावडामा घण्टी बज्दै
हेटौंडा – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले हेटौंडा उपमहानगरपालिकामा वडा कमिटी गठन सुरु गरेको छ । रास्वपा हेटौंडा नगर कमिटीको अध्यक्ष धुब्र विष्टको अध्यक्षतामा भएको भेलाले हेटौंडा उमहानगरपालिका वडा नं.५ र ११ मा वडा कमिटी गठन गरेको हो ।
पार्टीको भेलाले हेटौंडा–५ को सभापतिमा रुपेश खतिवडा, उपसभापतिमा बालकृष्ण बास्कोटा, सचिवमा दिपेन्द्र बस्नेत, सरस्वती मतह(कुँवर) चयन गरेको छ । त्यस्तै सदस्यहरुमा अम्बर बहादुर न्यौपाने, होमनाथ देबकोटा, रुकमणी कुँवर, सरोज लामिछाने, तुल बहादुर राई, यादव राज गिरी, विष्णु प्रसाद तिमल्सिना, सुधिर राज घिमिरे र रमादेवि शर्मा छन् ।
त्यस्तै हेटौंडा–११ को सभापतिमा सुबोध सुवेदी, उपसभापतिमा चन्द्र बहादुर डंगोल, सचिवमा सन्तोष खत्री, कोषध्यक्षमा शन्ती माया विडारी, सदस्यहरुमा कल्पना श्रेष्ठ, सतिकला विश्वकर्मा, उमा आचार्य, रामकुमार बजगाईं, तिरोज सापकोटा, रिता शिवाकोटी, प्रेम वहादुर स्याङतान, नवराज दाहाल र उद्धव प्रसाद गजुरेल चयन भएका छन् ।
आजै रास्वपा हेटौंडा उपमहानगर कमिटीले नगर संगठन विभाग प्रमुखमा विशालराज महतलाई चयन गरेको छ । उनी नेकपा एमाले परित्याग गरी आजै रास्वपामा प्रवेश गरेका थिए । उनलाई नगर सभापति विष्टले संगठन विभागको प्रमुखको जिम्मेवारी दिएका हुन् ।
सभापति विष्टले अब केही हप्ताभित्रै १९ वटै वडामा कमिटी गठन गरिने र केन्द्रीय समितिको निर्णय अनुसार विभाग प्रमुख तय गरिने बताए । पछिल्लो समय रास्वपा प्रति आर्कण बढ्दो रहेकोले पार्टी प्रवेश गर्ने लहर चलेको बताए । आज एकैदिन दुई सय भन्दा बढी पार्टी प्रवेश गरेको बताउँदै पार्टीलाई नगरमा बैकल्पिक शक्तिको रुपमा स्थापित गरिने बताए ।



