Birgunj News24
मकवानपुर लागुऔषध कारोबारमा संलग्न वडाध्यक्ष सहित तीन जना पक्राउ

मकवानपुर लागुऔषध कारोबारमा संलग्न वडाध्यक्ष सहित तीन जना पक्राउ

हेटौंडा – मकवानपुरमा जनप्रतिनिधिकै घरबाट लागुऔषध विक्री वितरण भएको पाइएको छ । थाहा नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष शिवराज थिङको घरमा लागुऔषध गाँजा बिक्री वितरण भएको पाईएको हो ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौबाट खटिएको टोलीले थाहा नगरपालिका वडा नं.७ आग्रास्थित वडाअध्यक्ष थिङ र उनका काका ६७ वर्षीय ईन्द्र बहादुर थिङको घरमा खानतलासी गरेको थियो ।

घरमा लागूऔषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा भिम बहादुर र शिवराजको घरबाट २७ किलो र ईन्द्र बहादुरको घरबाट १७५ किलो गरी कुल जम्मा २०२ किलो लागूऔषध गाँजा तथा धुलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बरामद गरिएको लागूऔषध, पक्राउ परेका वडाध्यक्ष शिवराज, भिम बहादुर, र ईन्द्र बहादुरलाई ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरमा राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याउने तयारी भइरहेको बताईएको छ । स्रोतका अनुसार लागुऔषध गाँजा कारोबारमा अभियोगमा पक्राउ पर्ने तीनै जना एकैपरिवारका रहेका छन् । ७६ वर्षीय भिम बहादुर वडाअध्यक्ष शवरामका पिता हुन् भने ईन्द्र बहादुर काका रहेको स्रोतले बतायो । 

शिवराम गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रका बिनायक गोलेलाई झिनो मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । 

शिवराज १२ मतान्तरले वडाध्यक्षमा विजयी भएका थिए । उनले ९१६ मत पाउँदा बिनायकले ९०४ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  २२:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update