Birgunj News24
बागमती प्रदेशका छुट्टाछुटै पाँच घटनामा छ जनाको मृत्यु 

बागमती प्रदेशका छुट्टाछुटै पाँच घटनामा छ जनाको मृत्यु 

हेटौंडा – बागमती प्रदेशमा विभिन्न घटनामा आज आइतबार एकैदिन छ जनाको मृत्यु छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार सिन्धुलीमा तीन, चितवन, मकवानपुर र धादिङमा एक–एक जनाको मृत्यु भएको हो । 

सिन्धुलीको कमलामाई नगरपालिका–२, पिपलभञ्ज्याङ बि.पी.राजमार्गमा काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा. ८ च। ९१३५ नम्बरको रातो ग्रेटवाल कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा चारपाने बस्ने अन्दाजी ४३ वर्षीय कुमार पुरी र सिन्धुली, कपिलाकोट–३ घर भईकाठमाडौं गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाई रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । कार आफैं अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खसेको थियो । कारमा सवार गम्भिर घाईते भएका एक जना पुरुषको जिल्ला अस्पताल सिन्धुलीबाट थप उपचारको लागि काठमाण्डौंतर्फ पठाईएको प्रहरीले जनाएको छ ।

त्यस्तै सिन्धुलीकै कमलामाई नगरपालिका–६, पानीट्याङ्की डाँडाटोल डेरा गरी बस्ने अन्दाजी ३९४० वर्षीया मिना मगर मृत भेटिएका छन् । उनी घरको कोठाको सिलिङ पङ्खाको हुकमा रबरको डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । 

त्यसैगरी वन तरुल जस्तो देखिने जंगली फल खादा चितवनको माडी नगरपालिका–१ बस्ने ६३ वर्षीय जय नारायण ढकालको मृत्यु भएको छ । सामुदायिक वनमा पानी ट्याङ्की सफा गर्न जाँदा वन तरुल जस्तो देखिने जंगली फल खाएर विरामी भएका ढकालको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरमा सर्पले टोकेर स्थानीय ३५ वर्षीय सोनु कडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार घर नजिकै रहेको जङ्गलबाट सर्प ल्याएर खेलाउने क्रममा उक्त सर्पले टोक्दा उनी बिरामी भएका थिए । बिरामी कडेलको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता धादिङको धुनिबेशी नगरपालिका–५, थाक्रेखोला पुलमुनीमा नुवाकोट, बेलकोटगढी नगरपाकुजा–३, कुमरी बस्ने ३४ वर्षीय जयकृष्ण वयलकोटी मृत अवस्थामा फेला परेको छन् । उनको के कारण मृत्यु भएको प्रहरीले खुलाएको छैन ।

पाँच वटै घटनाको मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update