Birgunj News24
राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरको अध्यक्षमा स्याङ्तान

राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरको अध्यक्षमा स्याङ्तान

हेटौँडा । राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरको अध्यक्षमा मिरा स्याङतान चयन भएकी छिन् । आज हेटौँडामा भएको सातौ जिल्ला अधिवेशनले स्याङ्तानको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । 

मञ्चको उपाध्यक्षमा जयबहादुर वाईव, देवकृष्ण थोकर, सचिवमा विष्णु आचार्य, सहसचिवमा सुलाल गोले, कोषाध्यक्षमा ठुलीमायया मुक्तान चयन भएका छन् । सदस्यहरुमा शुष्मा भ्लोन, रामबहादुर थिङ, सबालसिंह थिङ, सुदिप जिम्वा, रुक्मणी तिमल्सीना तथा सुर्यबहादुर सापकोटा चयन भएका छन् । 

बागमती प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मञ्चका केन्द्रीय सदस्य फौदसिंह स्याङ्वो, नापी प्रमुख पुर्वहरी सुवेदी, मालपोत कार्यालयका ओमबहादुर अधिकारी, भूमि आयोग मकवानपुरका विज्ञ सल्लाहकार अर्जुन चौँलागाई लगाएतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update