Birgunj News24

मकवानपुरमा निःशुल्क राहदानीको फार्म भरिने

हेटौंडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजदेखि निःशुल्क रुपमा राहदानी तथा राष्ट्रिय परिचयपत्रको फार्म भरिने भएको छ 

जिल्ला प्रशाशन कार्यालय मकवानपुरले आज (बिहीबार)देखि कर्मचारी परिचालन गरेर निःशुल्क रुपमा आम सेवाग्राहीहरुको फार्म भरिने भएको हो ।

यसअघि हेटौंडाको नगरपालिका रोडकमा रहेका बिभीन्न स्थानमा शुल्क तिरेर मात्र आम सर्बसाधरणहरुले फार्म भर्दै आएका थिए । 

आम सर्वसाधरणहरुले महगो रुपमा राहदानी र राष्ट्रिय परिचयपत्रको फार्म भर्ने गरेकाले अब भने निःशुल्क रुपमा सेवा दिन सुरु गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देब पाण्डेले बताए ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update