पत्रकार बञ्जराको बिषयमा निष्पक्ष छानविन गर्न नेपाल पत्रकार महासंघ मकवानपुरको माग
हेटौंडा – पत्रकार महासंघ मकवानपुरका सदस्य तथा बागमती एक्सप्रेस साप्ताहिकका पत्रकार इन्द्र प्रसाद बञ्जरा (रमेश) का बिषयमा लागेको आरोपको निश्पक्ष छानविन गर्नका लागि माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले आज बिज्ञप्ती जारी गर्दै पत्रकार बन्जराको बिषयमा निश्पक्ष छानबिन गर्नका लागि सम्वन्धीत पक्षसंग माग गरेका हुन् । एक महिलालाई बलात्कार गरेको आरोप लगाउदै प्रहरीले पक्राउ गरेको घटना प्रति महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।
यस घटनामा सिसिटिभी फुटेजमा आरोप लगाइएको भन्दा फरक प्रकृतिको घटना देखिन्छ । तर, पत्रकारलाई पक्राउ गरेर अनुसंधान भइरहेको छ । यो घटनामा दोहोरो छानविन गर्नका लागि अध्यक्ष गौतमले बिज्ञप्ती मार्फत माग गरे। एक पक्षिय भन्दा पनि दुइपक्षिय रुपमा छानविन गरेर अनुसंधान गर्नका लागि विज्ञप्ती मार्फत माग गरिएको हो । घटनाको षियमा कसैको दवाब र प्रभाबमा नपरीकन मकवानपुर प्रहरीले निस्पक्ष छानविनगर्नका लागि प्रहरी समक्ष महासंघले माग गरेको हो ।



