Birgunj News24
मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–३ कालिदमारस्थित भित्रि सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–३ का २४ वर्षीय राजकुमार प्रजा, सोही वडा हाँडिखोला बस्ने ३० वर्षीय बिरमान रुम्बा र मनहरी–४ सालघारी बस्ने २० वर्षीय प्रबिण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका राजकुमारको हेटौंडास्थित चुरेहिल अस्पताल, बिरमान र प्रविणको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।

उनका अनुसार घाइते भएका मनहरी–३ हाँडिखोला बस्ने २४ वर्षीय अमृत प्रजा र ठेगाना नखुलेको ४५ वर्षीय जोखलाल प्रजाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । दुबैको शरिरको विभिन्न भागमा चोट भएको र अवस्था सामान्य रहेको उनले बताए । 

मिलडाँडा तर्फबाट हाँडिखोलातर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर सोमबार साँझ ८ बजे आफै अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  २२:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update