Birgunj News24

मकवानपुरमा पिकनिक बस दुर्घटना

हेटौंडा – हेटौंडा–भैसे सडकखण्ड अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–१ त्रिखण्डी मन्दिर नजिक बस दुर्घटना भएको छ ।

रौतहटको चन्द्रपुरबाट वनभोजका लागि मकवानपुरको त्रिखण्डी आएको ग १ ख ६१०७ नम्बरको बस दुर्घटनमा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परि दुई जना घाइते भएका छन् । घाइते हुनेमा बस चालक चन्द्रपुर नगरपालिका–५ बस्ने ३५ वर्षीय अजय चौधरी र सोही स्थान बस्ने अन्दाजी ६०/६५ वर्षीय चन्देश्वर चौधरी रहेका छन् ।

प्रहरीका अनुसार घाइते मध्ये अजयको बाहिरी चोट नदेखिए पनि भित्री चोट रहेको कारण अवस्था बेहोस छ । दुबैको उद्धार गरी उपचारका लागि हेटौंडातर्फ ल्याईएको प्रहरीले जनाएको छ ।उक्त बस यात्रु झारेपछि दुर्घटना भएको कारण ठुलो क्षति हुनबाट छ । बस यात्रु झारेपछि घुमाउने क्रममा आफै अनियन्त्रित भएर पुलबाट करिब १० मिटर खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update