Birgunj News24
हेटौंडा अस्पतालमा सरकारले निःशुल्क दिएको औषधी शुल्क लिएर बिक्री

हेटौंडा अस्पतालमा सरकारले निःशुल्क दिएको औषधी शुल्क लिएर बिक्री

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडाको एक मात्र सरकारी अस्पताल मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको फार्मेसीले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि शुल्क लिएर बिरामीलाई बिक्री गरेको पाइएको छ । 

नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको आस्थालिन लगायतका औषधिहरु औषधिको खालमा टिपेक्स लगाएर शुल्क लिँदैआएको पाइएपछि कारबाहीको माग गर्दै उजुरी परेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

सरकारी निःशुल्क औषधि बिक्री गरेको आरोपमा हेटौँडा अस्पतालको फार्मेसीका कर्मचारी विकास लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सहायक प्रजिअ शर्माले सरकारी निःशुल्क औषधि बिक्री गरेको सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पत्राचार गरिएको बताए ।

यस विषयम छानबिन गर्न अख्तियार अनुसन्धान आयोगको कार्यालय, हेटौँडामा समेत उजुरी परेको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update