हेटौंडामा ट्रकले भारतिय कारलाई ठक्कर दियो
हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नयाबस्ती चोकमा ट्रकले कारलाई ठक्कर दिएको छ ।
पुर्वपश्चिम सडकखण्डमा बारातर्फबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ५ ख ८५६२ नम्बर ट्रकले बिपरित दिशाबाट जाँदै गरेको एस.टी.०९ एफ.एक्स. ३१७७ नम्बरको भारतिय कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्रकको ठक्करबाट कारमा सवार चार जना घाइते भएका छन् । घाइते हुनेमा भारत आन्द्र प्रदेश तेनाली बस्ने ७० वर्षीय साहिबाबु, हैदाराबाद बस्ने ३८ वर्षीय राजेश एलीगल्ला, सोही स्थान बस्ने ७६ वर्षीय सुरेन्द्र नारल्ला र कार चालक साही स्थानका ४८ वर्षीय कृष्ण नारल्ला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेक बहादुर कार्कीले बताए ।
घाइते भएका चारै जनाको उपचारका लागि हेटौंडा अस्पतालमा ल्याईएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार घाइते मध्ये तीन जनाको अवस्था सामान्य रहेको छ भने साहिबाबुको अवस्था गम्भीर रहेको छ ।
दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।



